Global Force Media

२०८३ बैशाख ५ - Sat Apr, 2026 -

मणिमुकुन्द कप इन्डो-नेपाल भलिबल : फाइनलमा गल्कोट र गुजरात भिड्दै

बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी १०औं मणिमुकुन्द कप इण्डो-नेपाल पुरुष भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ ।

साँझ ५ बजे हुने  फाइनल खेलमा गल्कोट भलिबल क्लब र भारत गुजरातको साग भलिबल एकेडेमीबीच उपाधिका लागि भिडन्त हुनेछ ।

गलकोटले  शुक्रबार भएको अन्तिम सेमिफाइनलमा साविक विजेता त्रिभुवन आर्मी  क्लबलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

पहिलो सेमिफाइनलमा  गुजरातको सागले गण्डकी प्रदेश भलिबल संघलाई पराजित गरेको हो । गुजरात २५-२१, २५-२० र २५-१८ को सोझो सेट विजयी भएको हो ।

गल्कोटले आर्मीलाई ३-१ को सेटमा पराजित गर्‍यो । गल्कोट २५–१८, २३–२५, २५–१४ र २५–२२ विजयी  भयो ।

तेस्रो स्थानका लागि  हुने खेल आज दिउँसो ३ बजे सुरु  हुने आयोजक मणिमुकुन्द भलिबल क्लबका निवर्तमान अध्यक्ष मिलान रानाले बताए ।

प्रतियोगिताको विजेताले तीन लाख ११ हजार १११ रुपैयाँ तथा दोस्रोले दुई लाख ११ हजार १११ रुपैयसँ प्राप्त गर्नेछ ।

तेस्रो टोलीले एक लाख ११ हजार १११ रुपैयाँ र चौथो टोलीले ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np