Global Force Media

२०८२ फाल्गुन १८ - Mon Mar, 2026 -

प्रभु बैंकको नाफा १० गुणा बढ्यो

काठमाडौं । प्रभु बैंकको को नाफा १० गुणा बढेको छ ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ५ अर्ब ४४ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा जम्मा ५१ करोड रुपैयाँ थियो ।

बैंकको नाफामा उच्च वृद्धि देखिनुको प्रमुख कारण हो– कर्जा नोक्सानी व्यवस्थापन रकम (इम्पेरिमेन्ट चार्ज) वापत छुट्याइएको रकम फिर्ता हुनु । अघिल्लो आर्थिक वर्ष बैंकले कुल सञ्चालन आम्दानीबाट ४ अर्ब ७१ करोड रुपैयाँ इम्पेरिमेन्ट चार्ज कटौती गरेकोमा अहिले २ अर्ब ५१ करोड रुपैयाँ फिर्ता लिन सफल भएको छ । कुल सञ्चालन आम्दानीमा २ अर्ब ५१ करोड रकम थपिँदा नाफामा उल्लेख्य वृद्धि देखिएको हो ।

तर खुद ब्याज आम्दानी घटेको छ । यस्तो आम्दानी पहिले ११ अर्ब ८९ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ७ अर्ब १९ करोड रुपैयाँ छ।

प्रतिसेयर आम्दानीमा उच्च वृद्धि देखिएको छ । यस्तो आम्दानी पहिले २ रुपैयाँ १७ पैसा रहेकोमा अहिले २३ रुपैयाँ १२ पैसा छ । बैंकको निष्क्रिय कर्जा सामान्य बढेको छ ।

कुल कर्जामा निष्क्रिय कर्जाको अंश पहिले ४.९४ प्रतिशत रहेकोमा गत असार मसान्तसम्म ४.९६ प्रतिशत छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ४ करोड रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा ४.४४ रुपैयाँ छ ।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np