Global Force Media

२०८३ जेष्ठ १५ - Fri May, 2026 -

लिपुलेक भूमि अतिक्रमणको विषय होइन, नेपालको सार्वभौमिकता, राष्ट्रियतामाथिको सिधा प्रहार हो’ माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रले लिपुलेकबारे चीन–भारतको सहमति नेपालको राष्ट्रियतामाथिको सिधा प्रहार भएको बताएको छ ।

शुक्रबार राष्ट्रिय सभाको बैठक सुरु भएलगत्तै आकस्मिक समय लिएर पार्टीका तर्फबट बोल्दै माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले यस्तो बताएका हुन् ।

यो केवल भूमि अतिक्रमणको विषय होइन, नेपालको सार्वभौमिकता, राष्ट्रियतामाथिको सिधा प्रहार हो’ सांसद शर्माले भनेका छन्, ‘यो आखाँ झिम्क्याएर हेर्ने विषय होइन। यो इतिहासको दोसाधमा उभिएके राष्ट्र प्रेमको निर्णायक घडी हो ।’

ऐतिहासिक तथ्यले नेपालको भूमि देखाउँदा देखाउँदै दुई छिमेकी मुलुकले सहमति गरेको उनले बताए । यो बेला सरकार संसदको साथ लिएर अगाडि बढ्नुपर्ने उनको आग्रह छ । अन्यथा, सडकबाट आवाज उठ्ने उनको चेतावनी छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np