Global Force Media

२०८३ जेष्ठ १८ - Mon Jun, 2026 -

शेखर कोइरालाको टिप्पणी: विशेष महाधिवेशन पार्टीको एक प्रक्रिया हो त्यसतर्फ नजाऔं

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विशेष महाधिवेशन पार्टीको एक प्रक्रिया रहेको र त्यो अब सकिएको टिप्पणी गरेका छन्।

मोरङको क्षेत्र नम्बर ६ स्थित सुन्दरहरैंचामा आज कार्यकर्ताहरूसँग उनले भने, ‘विशेष महाधिवेशन पार्टीको एउटा प्रक्रिया हो। आज डिला संग्रौलाजी र म एकै स्थानमा छौं, निर्वाचन दौडमा सँगै हिडिँरहेका छौं। त्यसैले महाधिवेशनको विषय सकियो, त्यसतर्फ नजाऔं।’

कोइरालाले पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको बताए।

पार्टीलाई जोगाउनका लागि आफूले शान्त र सौम्य पक्षलाई रोजेको उनको भनाइ थियो। निर्वाचनमा पार्टीलाई एकढिक्का बनाएर लैजाने दायित्व पनि आफूहरुको भएको उनले बताए।

उनले कार्यकर्ताहरूलाई निर्वाचनकेन्द्रित हुन आग्रह गरेका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि पार्टी अघि बढिसकेको बताउँदै उनले निर्वाचनले मुलुकलाई निकास दिने बताए।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np