Global Force Media

२०८३ जेष्ठ १५ - Fri May, 2026 -

अन्तरिम सरकार जेनजी मागको अनुरूप भएको छैन, बन्दै रहस्यमय तरिकाले बनेको छ।’-विप्लव

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव जेनजी विद्रोह आफ्नो राजनीतिक उद्देश्य प्राप्त गर्न असफल भएको बताएका छन्।

हालै बसेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै संसद् भङ्ग गर्ने र नयाँ अन्तरिम सरकार गठन गर्नेसम्म पुगेको भएपनि आन्दोलनको उद्देश्य प्राप्त गर्न असफल भएको बताए।

उनले भने, ‘आन्दोलनको मर्म र उद्देश्य पूरा गर्ने खालको भएको छैन। यहाँ फेरि नयाँ षड्यन्त्रहरू देखिँदै छन्। अन्तरिम सरकार जेनजी मागको अनुरूप भएको छैन। यो सरकार बन्दै रहस्यमय तरिकाले बनेको छ।’

उनले राजनीतिक दलहरू पनि आफ्नो समर्थनमा यो सरकार बनाएको भनेर समर्थन गर्न कुनै पनि तयार नभएको बताए। मन्त्रीहरू पनि जेनजी आन्दोलनको भावना विपरीत आए भन्ने कुरा उठेको पनि बताए। यो सरकारलाई खारेज गरेर सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने बताए।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np