Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

तिलिचो बेश क्याम्पमा फसेका आन्तरिक पर्यटकको सशस्त्र प्रहरी बल नेपालले गर्‍यो उद्धार

काठमाण्डौ – मनाङको मनाङ ङिस्याङ गाउँपालिका–९ तिलिचो तालको बेश क्याम्पमा अलपत्र ११ जना पर्यटकको उद्धार गरिएको छ । यसअघि दुई जना चिनियाँ र १३ जना नेपाली गरी १५ जना पर्यटक हिमपातको कारण तिलिचो तालको बेश क्याम्पमा अलपत्र परेका जानकारी आएकोमा १३ जना मात्रै अलपत्र परेको पाइएको छ ।

तीमध्ये ११ जना आन्तरिक पर्यटकको उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । अरू दुई जना चिनियाँ पर्यटक मौसम केही खुलेकोले भ्रमण पूरा गर्ने भन्दै बेस क्याम्पमा नै बसेका छन् । उद्धार गरिएकामध्ये एक जनाको खुट्टामा चोट लागेको छ । त्यस्तै एक जना महिला बिरामी हुनुहुन्छ । नौ वर्षका एक बालकसहित अरुको अवस्था सामान्य छ । तर सबैको अक्सिजन लेभल कम रहेको छ ।

उद्धार कार्य साँघुरो, भिरालो र दुई फिट बरफ जमेको कठिन बाटो हुँदै नौ घण्टाको यात्रापछि सम्पन्न भएको हो । सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट हिजो सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज र मेडिकलसहितको टोली उनीहरुको उद्धारको लागि तिलिचो तालको बेश क्याम्पतर्फ गएको थियो ।

सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार आज बिहान ६ बजे उनीहरुलाई उद्धार गरिएको हो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np