Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

रवि लामिछाने र बालेन्द्र शाहबीच मध्यरातमा ७ बँदे सहमति

काठमाडौं, । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच आगामी निर्वाचनमा मिलेर जानेबारे ७ बँदे सहमति भएको छ । मध्यरातमा भएको सहमतिपत्रमा रास्वपा सभापति रवि लामिछाने हुने र आगामी प्रतिनिधिसभा निर्वाचनमा बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्ने गरी सहमति भएको हो। त्यस्तै, घण्टी चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुने उल्लेख छ । सार्वजनिक विवरणअनुसार नवयुवाले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा सहिद परिवारका मागको यथोचित सम्बोधन गर्ने सहमतिमा उल्लेख छ ।

यस्तै पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने सहमति भएको छ । त्यसैगरी, सहमतिपछि स्थापित हुने राजनीतिक दल, चुनाव चिह्न र पार्टी कार्यालय नाम राष्ट्रिय स्वतन्त्र पार्टीको नै हुनेछ । पार्टीको सङ्गठनात्मक संरचनामा युवालाई सहभागी गराउनेलगायतका विषय समावेश गरिएका छन् । सहमति पत्रमा लामिछाने र बालेनले हस्ताक्षर गरेका छन्।

यस्तो छ सहमति पत्र

हस्ताक्षर कार्यक्रममा रास्वपाका स्वर्णिम वाग्ले , डिपि अर्याल, शिशिर खनाल, असिम शाह र बालेन शाह पक्षका कुमार बेन, के पी खनाल, निश्चल बस्नेत, भुपदेव शाह, सुदिप ढकाल लगायत उपस्थिति थिए ।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np