Global Force Media

२०८२ फाल्गुन १७ - Sun Mar, 2026 -

बंगलादेश टी-२० विश्वकप खेल्न भारत नजाने,आईसीसीलाई पीसीबीकाे पत्र

काठमाण्डौ – पाकिस्तान क्रिकेट बोर्ड ( पीसीबी ) ले भारतमा खेल्न नजाने बङ्गलादेश क्रिकेट बोर्ड ( बीसीबी ) को अडानलाई समर्थन गर्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल  (आईसीसी ) लाई पत्र लेखेको छ । पीसीबीले आईसीसी बोर्डका सबै सदस्यहरूलाई पनि पत्र पठाएको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ ।

भारतसँगको बिग्रँदो राजनीतिक सम्बन्धका कारण सुरक्षा कारण देखाउँदै बङ्गलादेशले आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न नआउने बताउँदै आएको छ ।

आईसीसीले आज आफ्नो बोर्ड सदस्यहरूको बैठक बोलाएको छ । यस बैठकमा बङ्गलादेशका खेलहरू भारतबाट श्रीलङ्कामा सार्ने बीसीबीको मागमाथि छलफल हुने खबरमा उल्लेख छ ।

आईसीसी विश्वकपको तालिका परिवर्तन नगर्ने र बङ्गलादेशका खेलहरू सह–आयोजक राष्ट्र श्रीलङ्कामा सार्न नदिने आफ्नो अडानमा अडिग छ । यो समस्या समाधान गर्न आईसीसी र बीसीबीले धेरै चरणको वार्ता गरेका छन् ।

गएको हप्ता ढाकामा भएको बैठकमा पनि दुवै पक्ष आफ्नो अडानमा अडिग थिए । आईसीसीले प्रतियोगिता निर्धारित तालिकाअनुसार नै हुने बताउँदै आए पनि बीसीबीले सुरक्षाको कारण देखाउँदै टोलीलाई भारत पठाउन तयार भएको छैन ।

विश्वकप शुरू हुन तीन हप्ताभन्दा कम समय बाँकी रहँदा आज बङ्गलादेशको सहभागिताबारे अन्तिम समयसीमा तोकिएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ( बीसीसीआई ) ले बङ्गलादेश र भारतबीचको बिग्रँदो राजनीतिक सम्बन्धका कारण इन्डियन प्रिमियर लिग  (आईपीएल) को टोली कोलकाता नाइट राइडर्सलाई मुस्ताफिजुर रहमानलाई रिलिज गर्न निर्देशन दिएपछि विवाद बढेको हो ।

१०औँ संस्करणको टी–२० विश्वकप आउँदो फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने तालिका छ । तालिकाअनुसार समूह चरणमा बङ्गलादेशको पहिलो तीन खेल कोलकातामा र अन्तिम खेल मुम्बईमा हुनेछ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np