Global Force Media

२०८३ जेष्ठ १७ - Sun May, 2026 -

कालो मास्क लगाएर शिक्षकको मौन प्रदर्शन

काठमाडौं। शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग सोमबार कालो मास्क लगाएर मौन प्रदर्शन गरेका छन् ।

२० चैतदेखि काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरुले आज माइतीघरदेखि बानेश्वरसम्म कालो मास्क लगाएर जुलुस निकालेका हुन् । उनीहरूले काठमाडौंको माइतीघरदेखि कालो मास्क लगाएर मौन हुँदै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

यसअघि शिक्षकहरू कहिले सडकमै सुतेर प्रदर्शन त कहिले सिटी फुकेर सडकबाट सरकारको ध्यानाकर्षण गर्दै आएका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौं उपस्थित भएका शिक्षकहरुले सरकारले चैत्र २५ गतेसम्म पनि आफ्ना मागहरु पूरा नगरे शैक्षिक हड्ताल गर्ने चेतावनी दिएका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np