Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

सयपत्री हाइड्रोपावरको आइपीओ बाँडफाँट, यसरी हेर्नुहोस रिजल्ट

काठमाडौं । सयपत्री हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत ६७ हजार ५८ जना सर्वसाधारणले सेयर पाएका छन् ।

जसमध्ये ६ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । यो आइपीओमा कुल १४ लाख १३ हजार ५७२ जनाले आवेदन दिएकामा एक हजार १०४ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जानकारी गराएको छ ।

सयपत्रीले १३ देखि १७ साउनसम्म आयोजना प्रभावित स्थानीयले नकिनेको एक लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल सात लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गरेको हो । यसमध्ये ३६ हजार ५३ कित्ता सेयर समूहिक लगानी कोष र १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ६ लाख ७० हजार ५८६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका थिए ।

लगानीकर्ताले एनआइबीएल एस क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, सयपत्री हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/लउर बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np