Global Force Media

२०८१ बैशाख ३ - Mon Apr, 2024 -

८ महिनामा ३ लाख २३ हजार पर्यटक

सन् २०२२ को पछिल्लो ८ महिना (जनवरीदेखि अगस्टसम्म) ३ लाख २३ हजार ५ सय ७९ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत महिना अगस्टमा भने ४१ हजार ३ सय ४ पर्यटक नेपाल आएका छन् । त्यसैगरी जुलाईमा ४४ हजार ४ सय ६२ पर्यटक आएका थिए।

जुनमा ४६ हजार ९ सय ५७, मेमा ५३ हजार ६ सय ८र अप्रिलमा ५८ हजार २ सय ४८ पर्यटक नेपाल आएका थिए । अफसिजनमा पनि पर्यटक आगमनदरमा क्रमशः वृद्धि हुँदै जानु सकारात्मक भएको होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए ।

उनले भने, “कोभिड -१९ पछिको पर्यटक आगमन दरमा क्रमशः सुधार हुदै लयमा फिर्ता हुने क्रममा रहेको छ। सेप्टेम्बर, अक्टोबर, नोभेम्बर र डिसेम्बरको लागि प्रि बुकिङ पनि राम्रो नै रहेको छ। यो समाचार कारोबार दैनिकमा छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np