Global Force Media

२०८१ बैशाख १५ - Sat Apr, 2024 -

दक्षिण अफ्रिकामाथि भारतको जित

पहिलो टी-२० खेलमा भारतले दक्षिण अफ्रिकालाई आठ विकेटले हराएको छ । यस जितसँगै तीन खेलको शृंखलामा भारतले १–० को अग्रता लिएको छ ।

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको एक सय सात रनको लक्ष्य भारतले १६।४ ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गरेको हो । भारतका ओपनर केएल राहुलले अविजित ५१ र सूर्य कुमार यादवले अविजित ५० रन जोडे ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ६ रनको योगफल बनायो ।

दक्षिण अफ्रिकाका केशव महारेजले सर्वाधिक ४१ रन बनाए । यस्तै, आइदेन मार्करमले २५ र वेनी पर्नेलले २४ बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतका अर्शदीप सिंहले सर्वाधिक तीन विकेट लिए । यस्तै, दीपक चहर र हर्षल पटेलले समान दुई विकेट लिँदा अक्षर पटेलले एक विकेट हात पारे ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np