Global Force Media

२०८१ बैशाख ७ - Fri Apr, 2024 -

नेपालमा युरोपियन फिल्म हेर्नु सस्तोमा युरोप घुम्नु जस्तै हो : केकी अधिकारी

अभिनेत्री केकी अधिकारीले नेपालै युरोपियन फिल्म हेर्नु भने सस्तोमा युरोप घुम्नु सरह भएको बताएकी छिन् । नेपाल युरोपियन फिल्म फेस्टिभलको सद्भावना दूत रहेकी केकीको फिल्म महोत्सवले संसारका फिल्म कौशल जान्ने अवसर दिने धारणा रहेको छ । ‘फिल्म हेरिरहँदा युरोपका ठाउँसँगै युरोपको कला संस्कृतिसँग पनि साक्षात्कार हुने अवसर पाइने भएकाले आफूले यसलाई विना पैसा वा सस्तोमा युरोप घुम्ने मौकाका रुपमा लिएको छु,’ उनले भनिन् ।

नेपाल युरोपियन फिल्म फेस्टिभलको ११ औँ संस्करण काठमाडौँमा शुक्रबारबाट सुरु भइरहेको छ । अनलाइन र भौतिक गरी मिश्रित माध्यमबाट सञ्चालन हुने फेस्टिभल यो पटक काठमाडौँ र सुर्खेत गरी दुई स्थानमा सञ्चालन भएको हो ।

महोत्सवमा १३ वटा प्रतिष्ठित अवार्ड प्राप्त युरोपिनय फिल्महरु देखाइँदैछन् । महोत्सवमा १३ युरोपेलीका अलवा ३ नेपाली फिल्म प्रर्दशन समेत हुने आयोजकले जनाएको छ । नेपालका तर्फबाट सुजित बिडारी लिखित तथा निर्देशित ‘ऐना झ्यालको पुतली’ पनि रहेको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np