Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

को हुन् जुम्लाबाट प्रतिनिधि सभामा निर्वाचित ज्ञानेन्द्र शाही ?

को हुन् जुम्लाबाट प्रतिनिधि सभामा निर्वाचित ज्ञानेन्द्र शाही ?

जुम्लामा प्रतिनिधिसभा सदस्य पदका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का ज्ञानबहादुर शाही ९ज्ञानेन्द्र० विजयी भएका छन् । उनले नेकपा (माओवादी केन्द्र) की गोमा गौतम कुँवरलाई पराजित गरेका हुन् ।

ज्ञानेन्द्र मूल राजनीतिमा आएको बढीमा १० महिना जति भयो । ०४८ साल माघ २४ गते जुम्लाको सिङ्जा गाउँपालिका वडा नम्बर ३ पिगी ९साबिक नराकोट गाविस–७० मा जन्मिएका उनी विशेषतः सामाजिक सञ्जालमा छाइरहने भाइरल पात्रका रूपमा परिचित छन् । भ्रष्टाचार विरोधी अभियन्ताको परिचय बनाएका उनी भ्रष्टाचारका फाइल हातमा लिने, युटुवरलाईसँगै लगेर चर्को–चर्को आवाजमा बोल्छन् ।

जसले उनलाई दिनानुदिन सामाजिक सञ्जालमा चर्चाको पात्र बने । उनी चर्चामा मात्र आएनन् विवादित पनि बनिरहने व्यक्ति हुन् । उनको चर्चा ०७६ वैशाख १८ गते सुर्खेतमा गरेको कार्यक्रममा पत्रकारहरू उपस्थित नभएपछि पत्रकारहरूलाई अपशब्द प्रयोग गरेको अभियोगमा सुर्खेतको एक कार्यक्रम स्थलबाट प्रहरीले पक्राउ गरेपछि भएको हो । त्यसपछि उनलाई सुर्खेतबाट गिरफ्तार गरी सार्वजनिक बसमा यातना दिँदै काठमाडौँ लगिएको थियो । उनलाई निर्ममतापूर्वक यातना दिएको प्रहरीले उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो । त्यसपछि उनको चर्चा एकाएक बढेको थियो ।

तर उनको संघर्ष भने कम छैन । जुम्लाको दुर्गम भेगमा जन्मिएका उनी कक्षा पाँचसम्म गाउँकै प्राथमिक विद्यालयमा पढाइ गरेका थिए भने कक्षा ६ देखिमाथि पनि जुम्लामै अध्ययन गरे । एसएलसीपछि काठमाडौँको त्रिचन्द्र कलेज पुगेका उनी विज्ञान पढे । आईएस्सी पढेपछि सिए पढ्नका लागि भारतको राजधानी दिल्ली पुगेका उनी सिए फाइनल नगरेर नै नेपाल फर्किए । उनको सिए अझै पुरा हुन सकिरहेको छैन । दिल्लीमा एउटा चार्टर एकाउन्टेन्ट फर्ममा काम गरेको बताउने उनी भारतीयहरूले नेपालीहरूमाथि गर्ने व्यवहारका कारण नेपाल फर्किएको बताउँछन् । उनी नेपालमा नै केही गर्छु भन्ने उद्देश्यसहित फर्किए र भ्रष्टाचार विरोधी संघर्षमा लागेको बताउँछन् ।

यतिमात्र होइन सुरुमा नेपाल आएर एभिन्यूज टिभीमा काम गरेको अनुभव उनीसँग छ । ​वाइडबडीमा भएको भ्रष्ट्राचारको विषयमा पर्दा पछाडि रहेर आफूले बाहिर ल्याउन ठुलो भूमिका खेलेको बताउने चार महिनापछि उक्त टिभीबाट बाहिरिएका थिए । उनी त्यसपछि लगातार विभिन्न मुद्दामा आवाज उठाउँदै सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा भाइरल नै भए । उनी दिनप्रतिदिन समाचारको हेडलाइन बन्न थाले ।

आक्रामक र अराजक प्रस्तुतिले उच्च तहका व्यक्तिहरूले उनलाई मन नपराएपनि तल्लो तहका नागरिकहरूले उनको कामको वाईवाई गरिरहे । जसले गर्दा अहिले जुम्लाका उनी भारी मतान्तरले विजयी भए । शाहीले दिल्लीबाट नेपाल फर्किएपछि अनलाइन कम्पनीहरू चलाएको दाबी गर्छन् भने आफूलाई सुधारिएको राजसंस्थाको पक्षधर मान्छन् । उनी विवादी भएको अर्को घटना थियो,‘२९ भदौ ०७६ मा पुलचोकमा पत्रकार सम्मेलन गरिरहेको अवस्थामा पत्रकारको भेषमा कार्यक्रम स्थलमा पुगेका एमाले निकट कार्यकर्ताहरूले शाही माथि आक्रमण गरे ।’ यस्तै ०७६ असोजमा चितवनमा पनि उनीमाथि आक्रमण भएको थियो ।

९ वैशाख ०७७ मा ललितपुरमा राहत वितरणमा निस्किएका शाहीलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई लकडाउन उल्लंघनको आरोपमा प्रहरीले ललितपुरको सुनाकोठीबाट पक्राउ गरिएको थियो । यतिमात्र होइन त्यही समयमा सुर्खेतमा पनि उनीमाथि आक्रमण भएको थियो । राहत वितरणकै क्रममा सुर्खेत पुगेका उनीमाथि वीरेन्द्रनगर–१३ स्थित करेखोलामा एक समूहले आक्रमण गरेको थियो । यसरी संघर्ष, आक्रमण र चर्चाकैबीचमा सबैको नजरमा परेका उनी १० महिना अघिमात्रै राप्रपामा प्रवेश गरेका थिए ।

हल्लाखल्लाकै दुनियाँबाट एकाएक राप्रपामा प्रवेश गरेका उनी राप्रपाको प्रवक्ता बने। राप्रपाको मूल राजनीतिमा उदाएका उनी आफूलाई जनताको सेवकको रूपमा चिनाउन चाहन्छन् । ज्ञानेन्द्रले जुम्लामा हुने जडीबुटी, स्याउबाट नै जुम्लालाई सम्बृद्धिको मार्गमा अघि बढाउने अठोट लिएका छन् । उनले आफ्नो लडाइ ३४ वर्षदेखि जुम्लालाई दास बनाउने विरुद्ध भएको बताए छन् । ३४ वर्षदेखि जुम्लाले एउटापनि मन्त्री बन्न नसकेकोमा उनी चिन्ता व्यक्ति गर्छन् भने ठुला भनिएका राजनीतिक दलका नेता राष्ट्रिय राजनीतिमा अघि बढ्न सकेनन् र अब जुम्लाले राष्ट्रको नेतृत्व गर्ने अवसर आएको छ भन्दै जुम्लीसामु उनले चुनावी अभियानका क्रममा आश्वासन बाँडेका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np