Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

युवाहरूलाई प्रधानमन्त्रीको सुझाव : व्यावसायिकता र उद्यमशीलतातर्फ लागौँ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ता आत्मनिर्भरता बन्नेतर्फ लाग्नुपर्ने बताएका छन् । काठमाडौँको बुढानीलकण्ठस्थित इम्पेरियल कलेजमा आयोजित युवासँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले जब अपरच्युनिटी खोज्ने भन्दा पनि व्यावसायिकता र उद्यमशीलतातर्फ उत्प्रेरित गर्नतर्फ लाग्नुपर्ने बताएका हुन् ।

‘जब अपरच्युनिटी खोज्ने भन्दा पनि व्यावसायिकता र उद्यमशीलतातर्फ उत्प्रेरित गरौँ ताकी उनीहरू आफै आत्मनिर्भर हुन सकुन्’, प्रधानमन्त्रीले भने–  ‘केही नयाँ चिज गर्न सकुन् र अरूलाई पनि रोजगारीका अवसरहरू दिन सकुन् । त्यसतर्फको जनशक्ति तयार गर्न सकौँ।’

साथै प्रधानमन्त्रीले युवाहरूलाई कहिल्यै पनि गलत सङ्गतमा नलाग्न आग्रह गरेका छन् । ‘गलत सङ्गतमा कहिल्यै नजानुस् । गलत ठिक छैन भन्ने बित्तिकै छाडिदिनुस् । सङ्गत ठिक गर्नुस् । मैले भन्ने गरेको छु मौरीको साथ लाएर हिँड्यो भने फूलबारीमा पुगिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘झिँगाको साथ लाएर उड्यो भने त्यसले फोहोरको डङ्गुरमा पुर्‍याउँछ । त्यसकारण फोहोरको डङ्गुरमा झिँगाको साथ लाएर जान हुँदैन ।’

राष्ट्रिय आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ सरकारले पहल गरिरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np