Global Force Media

२०८१ बैशाख १३ - Thu Apr, 2024 -

हङकङ क्रिकेट क्लबद्वारा बागमती प्रदेश ५७ रनले पराजित

हङकङ क्रिकेट क्लबद्वारा बागमती प्रदेश ५७ रनले पराजित

बागमती प्रदेश आमन्त्रण महिला क्रिकेट श्रृङ्खलाअन्तर्गत पहिलो टी– २० खेलमा हङकङ क्रिकेट क्लबले मंगलबार आयोजक बागमती प्रदेशलाई ५७ रनले हराएको छ ।
मूलपानी क्रिकेट मैदानमा टस हारेपछि पहिले ब्याटिङ गरेको भ्रमणकारी टोली हङकङले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १६८ रनको चुनौतीपूर्ण स्कोर तयार पारेको थियो । बागमती प्रदेशले जवाफमा निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १११ रन मात्र बनाउन सक्यो ।

बागमतीका लागि विन्दा कट्वाल र खुशी डङगोलले सबभन्दा बढी १८–१८ रन बनाए । यसैगरी मेलिसा गुरुङले १७, सलिना सिलवालले १५ र अस्मिता खरेलले १५ रनको योगदान दिए । हङकङकी इमान चाइले दुई तथा कारेन पुमले एक विकेट लिए । घरेलु टिमका पाँच ब्याटर रनआउट भएका थिए ।

यसअघि, हङकङको पालिमा लेमन छुङ्गेले ३१ बलमा छ चौकासहित सर्वाधिक ४० रन बनाएर आउट भइन् । लेमन नै सर्वश्रेष्ठ खेलाडी घोषित भइन् । यसैगरी बेटी चानले २७ बलमा चार चौकासहित ३३ रनको उपयोगी पाली खेलिन् । प्रारम्भिक ब्याटरद्वय इमा चाइले १५ र केरी चानले २६ रनको योगदान गरे । सो पालीमा बागमतीकी सोनी पाख्रिन र मेलिसाले दुई–दुई तथा अस्मिना कर्माचार्य र खुशीले एक–एक विकेट हात पारे ।

यस नतिजासँगै प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा भएको दुई खेलको टी– २० शृंखलामा हङकङले अग्रता बनाएको छ । दोस्रो खेल बिहिबार हुनेछ । यसअघि बागमतीले ४० ओभरको दुई खेलको २–० ले जितेको थियो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np