Global Force Media

२०८१ बैशाख १२ - Wed Apr, 2024 -

टिकापुर घटना बन्द कोठामा घटाइएको थिएन : रञ्जिता श्रेष्ठ

टिकापुर घटना बन्द कोठामा घटाइएको थिएन : रञ्जिता श्रेष्ठ

कांग्रेस, एमाले र माओवादीका कार्यकर्ता नभएकै कारण रेशम चौधरीमाथि झुटा मुद्दा लगाइयो

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कांग्रेस, एमाले र माओवादी जस्ता ठूला दलका कार्यकर्ता नभएकै भरमा रेशम चौधरीमाथि झुटो मुद्दा लगाएको बतएकी छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले रेशम चौधरीलाई निर्दोष थारुहरुलाई झुटो मुद्दामा कारागारमा थुन्न नमिल्ने बताइन्। उनले थारू भएकै कारण रेशम चौधरी लगायतका थारुहरुलाई मुद्दा लगाएको भन्दै सरकारसँग आपत्ति जनाइन्।

‘२०७२ भदौ ७ गते टिकापुर थारु आन्दोलनको बारेमा सबै सांसदहरुलाई सर्वविदितै छ। टिकापुर घटना कुनै बन्द कोठामा घटाइएको होइन’, उनले भनिन्, ‘टिकापुर घटनालाई साक्षात रूपमा हेर्ने हजारौँ आँखाहरु थिए। त्यो हजारौँको भीडमा नदेखिएको एउटा मानव आकृति माननीय रेशम चौधरीलाई निर्दोष थारुहरुलाई कारागारमा थुनिएर राखिएको छ। कानून ज्ञाताहरु भन्छन्, घटनास्थलमा अनुपस्थितलाई मुद्दा नै लगाउन पाइँदैन।’

रेशम चौधरी लगायतका निर्दोष थारुहरुको अभियोग पत्रमा स्थानीय वारदातमा नभएको स्पष्ट उल्लेख रहेको भन्दै उनले रेशम चौधरीलाई किन मुद्दा लगाइयो भनि प्रश्न गरिन्। ‘काँग्रेस, एमाले, माओवादी जस्ता ठूला राजनीतिक दलको कार्यकर्ता नभएकै कारण झुटा मुद्दा लगाइयो। र मलाई लाग्छ थारु भएकै कारण रेशम चौधरी लगायतका आज कारागारमा हुनुभएका सम्पूर्ण राजबन्दीहरुलाई मुद्दा लगाएर यो राज्यले ५ वर्ष बितायो,’ उनले भनिन्।

अध्यक्ष श्रेष्ठले सर्वोच्च अदालतको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नू भन्ने फैसलाको प्रतिलिपि ज्येष्ठ सदस्य सभामुखलाई बुझाएकी थिइन्। उनले ठूरा राजनीतिक दलका शिर्ष नैताहरुले नै रेशम चौधरी निर्दोष भएको भनिसकेकाले आफूले न्यायको आश गरेको बताइन्।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np