Global Force Media

२०८१ बैशाख १७ - Mon Apr, 2024 -

मौलापुरमा आमा छोरी मृत फेला, श्रीमान् र ससुरा फरार

रौतहट । मौलापुर नगरपालिका वडा नम्बर ४ पतौरामा एक २४ बर्सिया महिला र उनकी २ वर्षकी छोरी मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार २४ बर्सिया माला भन्ने कविता देवी र उनका २ बर्सिया छोरी आरुही कुमारीको घरमै मृत अवस्थामा फेला परेका हुन्। अबोध वालिका आरुही कुमारीको लास पङ्खामा झुन्ड्याइएको अवस्थामा र कविताको लास घरबाट बाहिरिने सिँढी मुनि फेला परेको प्रहरी उपरीक्षक बुढामगरले बताए ।

घटना गए राति तीन बजेको भए पनि हत्या या आत्महत्या यकिन गर्न नसकिएको प्रहरी उपरीक्षक बुढामगरले बताए। यता मृतक कविता साहका पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साह सपरिवार घटना पछि फरार भएका छन् ।

माधव नारायण नगरपालिका वडा नम्बर ५ मिठुअवा घर भएका मृतक कविता साहका पिता विजय शङ्कर साहले घटनाबारे जानकारी हुने बित्तिकै घटनास्थल पुगे पनि प्रहरीले आफूलाई घटना स्थलमा जान नदिएको बताए । छोरी र ज्वाइँ बिच पटक पटक विवाद हुँदा आफूले मिलेर बस्न दुवै जनालाई सम्झाई बुझाई गरेको बताउँदै कविता पिताले ज्वाइँ धिरेन्द्र साहबाट पटक पटक दाइजो माग्दै आएको बताए। छोरीलाई पटक पटक यही निहुमा कुटपिट गर्ने गरेको उनको आरोप छ। कविता साहको हत्या भएको बुबाले आरोप लगाएका छन्।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np