Global Force Media

२०८१ बैशाख २८ - Fri May, 2024 -

सीमान्तकृत समुदायको उम्मेदवारले निर्वाचन लड्दा धरौटीमा ५० प्रतिशत छुट हुने

काठमाडौँ– दलित, महिला, अपांगता, आर्थिक रूपले विपन्न र लैङ्गिक तथा यौनिक अल्पसंख्यकले निर्वाचनमा उम्मेदवार बन्दा धरौटीमा ५० प्रतिशत छुट पाउने भएका छन् ।

सोमबार बसेको निर्वाचन आयोगको बैठकले निर्वाचन सम्बन्धी कानुनलाई संशोधन गर्ने प्रस्तावमा यस्तो व्यवस्था गर्ने निर्णय गरेको हो । ‘दलित, महिला, तोकिएको अपांगता भएको व्यक्ति, आर्थिक रूपले विपन्न र लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको उम्मेदवार भए धरौटी रकममा पचास प्रतिशत छुट हुने,’ आयोगले सोमबार गरेको निर्णयमा भनिएको छ ।

आयोगले प्रस्ताव गरेको उक्त विधेयक गृहमन्त्रालय मार्फत संसदमा पेस गर्ने निर्णय समेत गरेको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np