Global Force Media

२०८१ बैशाख १७ - Mon Apr, 2024 -

भारतले ३ लाख मेट्रिक टन गहुँ आयातको कोटा दिएपछि मैदा उद्योगहरू सञ्चालनमा

काठमाडौँ- पूर्व क्षेत्रमा सञ्चालित मैदा उद्योगहरू गहुँको अभावमा बन्द हुने अवस्थामा पुगेको बेला गहुँ आयात सुरु भएपछि उद्योगहरू पुनः सञ्चालनमा आएका छन् ।

उद्योग बन्द हुने अवस्था आएपछि नेपाल सरकारको आग्रहमा भारत सरकारले करिब ३ लाख मेट्रिक टन गहुँ आयातको कोटा दिएपछि मैदा उद्योगहरू सञ्चालन हुन थालेका हुन् । यस वर्ष पर्याप्त गहुँ उत्पादन नभएको र गहुँको मूल्य बढ्न थालेकाले ट्रेडरहरूले गहुँ सञ्चिति गर्न थालेपछि गहुँको अभाव हुन थालेको थियो ।

विगत ३ महिनादेखि गहुँ आयात हुन थालेको र अहिलेसम्म करिब १ लाख मेट्रिक टन गहुँ आयात भइसकेको नेपाल फ्लोर मिल एशोसिएशनका केन्द्रीय सचिव विकास बेगवानीले जानकारी दिए ।

गहुँ आयात हुन थालेपछि अहिले ४४ रुपैयाँ प्रति किलोमा स्थिर रहेको छ । गत वर्ष यसै समयमा गहुँको मूल्य ६४ रुपैयाँ प्रति किलोसम्म पुगेको थियो । गहुँको सञ्चिति गर्ने प्रवृत्ति बढेपछि गहुँको मूल्य ४२ रुपैयाँ प्रति किलोबाट बढेर ४७ रुपैयाँ प्रति किलोसम्म पुगेको थियो ।

नेपालमा करिब ९ लाख मेट्रिक टन गहुँ आवश्यक पर्नेमा करिब ३ लाख मेट्रिक टन न्यून हुँदै आएकोमा मैदा उद्योगीहरूले ३ लाख मेट्रिक टन गहुँ आयातको कोटा माग्न आग्रह गर्दै आएका थिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np