Global Force Media

२०८१ बैशाख २१ - Fri May, 2024 -

नेपालमा सहज रूपमा लगानी गर्न आवश्यक कानुनी सुधार भइरहेको छ : सञ्चारमन्त्री शर्मा

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा लगानी भित्र्याउनका लागि आवश्यक वातावरण बनाउन कानुनी सुधार भइरहेको बताएकी छन् ।

आइतबार सिंहदरबारमा विभिन्न देशका प्रतिनिधिहरूसँग अन्तर्राष्ट्रिय सञ्चार तथा सूचना प्रविधिको विषयमा छलफल गर्दै मन्त्री शर्माले वैशाख १६ र १७ गने हुने लगानी सम्मेलनका क्रममा विदेशी लगानीकर्ताका साथै स्वदेशी लगानीकर्तालाई समेत एकै ठाँउ राखेर छलफल गरिने भन्दै सहज रूपमा लगानी गर्न आवश्यक कानुनी सुधार भइरहेको बताएकी हुन् ।

उनले सूचना प्रविधिको क्षेत्रमा लगानी भित्र्याउन र आफ्ना संस्थाहरूमार्फत नेपालमा लगानीको पहल गर्न आह्वान गर्दै सरकार लगानीका लागि सहजीकरण गर्न र विश्वासको वातावरण तयार गर्न प्रतिबद्ध रहेको धारणा राखिन् । प्रविधि र प्रणालीहरूको सुरक्षित र जवाफदेही प्रयोगका लागि आवश्यक कानुनहरू निर्माणलाई तीव्रता दिइएको उनले बताइन् ।

मन्त्री शर्माले स्वदेशमा प्रविधिमैत्री संरचना र दक्ष जनशक्ति व्यवस्था गर्न सके आर्थिक समृद्धि हासिल गर्न सहज हुने जिकिर गरिन् । आगामी वर्षको नीति तथा कार्यक्रमका साथै बजेटमा सूचना तथा प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखिने उनको भनाइ छ । उनले मन्त्रालयले डिजिटल नेपालको फ्रेमवर्कलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ यसको समसामयिक परिमार्जनको काम अघि बढाएको जानकारी पनि दिइन् ।

मन्त्री शर्माले नेपाल सरकारले सेवा प्रवाहमा सूचना प्रवाहमा प्रविधिलाई महत्वका साथ राख्दै आएको र सार्वजनिक सेवामा विद्युतीय प्रणालीको उपयोगमा बढोत्तरी भएको पनि बताइन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np