Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

भारतको उत्तराखण्डमा हिमपहिरो, ४१ जना कामदार बेपत्ता

काठमाडौं – भारतको उत्तराखण्डस्थित चमोलीको मानामा हिमपहिरोका कारण सडक निर्माणमा संलग्न ५७ जना कामदार फसेका छन् । भारतीय मिडियाहरूका अनुसार अहिलेसम्म १६ जना कामदारलाई उद्धार गरिएको छ र उनीहरूलाई अस्पताल भर्ना गरिएको छ । हिम पहिरोमा अझै पनि ४१ जना कामदार बेपत्ता रहेका छन् ।

शुक्रबार दिउँसो बद्रीनाथ धाम अगाडि मानामा हिमनदी फुटेका कारण यो दुर्घटना भएको हो । सो स्थानमा सेनाको आवतजावतका लागि सडकबाट हिउँ हटाउने ५७ जना कामदारहरू उपस्थित रहेको बेला घटना भएको बताइएको छ ।

अहिले सेनासँगै उद्धार टोलीहरू घटनास्थलमा पठाइएको छ । पानी र हिउँ परिरहेकोले उद्धारमा कठिनाई भएको बताइएको छ साथै खराब मौसमका कारण हेलिकप्टरको प्रयोग गर्न पनि नसकिएको बताइएको छ ।

केन्द्रीय गृहमन्त्री अमित शाहले पनि घटना बारे एक्समा लेखेका छन्- ‘उत्तराखण्डको चमोलीमा हिमनदी फुटेको बारेमा मुख्यमन्त्री पुस्कर धामीसहित डिजी, आइटीबीपी र एनडीआरएफ डिजीसँग कुरा गरे । हाम्रो प्राथमिकता दुर्घटनामा फसेका मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्नु हो । स्थानीय प्रशासन पूर्ण तयारीका साथ उद्धार कार्यमा जुटेको छ । दुई एनडीआरएफ टोलीहरू पनि चाँडै घटनास्थलमा पुग्दैछन् ।’

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np