Global Force Media

२०८३ बैशाख १२ - Sat Apr, 2026 -

युवा नेता तथा समाजसेवी हरीभक्त मगरातीले एसईर्ई दिने विद्यार्थीलाई नि:शुल्क बस सेवा व्यवस्था गरे

धादिङ । रोजगारीका लागि साउदीमा रहेका समाजसेवी एवम् नेपाली जनप्रगतिशिल मञ्च साउदी अरेबियाका सचिव हरिभक्त मगरातीले धादिङको ज्वालामुखी ७ स्थित सालबास माध्यमिक विद्यालय र भुवनेश्वरी माध्यमिक विद्यालयबाट एसईईमा सहभागी विद्यार्थीलाई नि:शुल्क बस सेवाको व्यवस्था गरि दिएका छन् ।

यी दुई विद्यालयको परिक्षा केन्द्र ज्वालामुखी ६ सुनखानी माध्यमिक विद्यालय परेको छ । परिक्षा केन्द्र सम्म आउन र जान विद्यार्थीहरुलाई सहज होस् भनेर आफुले नि:शुल्क बस सेवा दिएको मगरातीले ग्वोवल फोर्स अनलार्ईन न्युज लाई बताए । सालबास माविबाट ३१ जना र भुवनेश्वरी माविबाट १९ जना गरि ५० यस वर्ष एसईईमा सहभागी छन् ।

ज्वालामुखी ७ निवासी मगराती कै पहलमा गत कार्तिकमा पारिवारिक आर्थिक अवस्था कमजोर कक्षा १० मा अध्ययनरत

रोशनी नेपालीलाई ४३ हजार ७५० रुपैंया सहयोग प्राप्त भएको भुवनेश्वरीको शिक्षक सानु नेपालीले बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np