Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

पार्टी अध्यक्षसँग राष्ट्रिय राजनीतिको विषयमा मात्रै कुराकानी भयो – विद्यादेवी भण्डारी

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको भेटवार्ता सकिएको छ । भेटघाट सकेपछि भण्डारीले पत्रकारमाझ बोल्ने क्रममा होहल्ला र हुलहुज्जत भयो ।

पार्टी कार्यालयबाट निस्किने क्रममा पत्रकारले भण्डारीले घेरेका थिए । तर, धेरै हुलमुल भएपछि भण्डारीले एक मिनेट मात्रै बोलिन् । उनले आज पार्टी अध्यक्षसँग राष्ट्रिय राजनीतिको विषयमा मात्रै कुराकानी भएको दाबी गरिन् ।

पार्टी सदस्यता नवीकरणको विषयमा गरिएको प्रश्नमा उनले भनिन्, ‘त्यो पुरानो कुरा हो । पहिले नै भइसकेको छ । अरु विषय आधिकारिक च्यानलबाट आउँछ ।’

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np